थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

बर्दगोरिया । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा उक्त दोस्रो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलन बाट लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमा कुमारी चौधरी, भोजराज डगौरा, राजेश चौधरी, कोषाध्यक्षमा उषादेवी कठरिया, सचिवमा राजकुमार चौधरी, सहसचिवमा रिता महत्तो थारु रहेका छन ।
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भोजराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य  कृष्ण कुमार चौधरी (कुण्दन )  रहेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य  कृष्ण कुमार चौधरी (कुण्दन ) ले थारु समुदायको हक अधिकारका स्थापित गर्नका लागि माओवादी केन्द्रले ठुलो भूमिका खेलेको बताए । माओवादी केन्द्रले गरेको निरन्तर रूपमा आफ्नो लक्ष अनुसार काम गदै आएको बताए । माओवादीकै कारण आज थारु समुदायले आफ्नो क्षमता देखाउने अवसर पाएका छन ।
माओवादीकै कारण आज थारु समुदायका नागरिकहरू जनप्रतिनिधि भएका छन । पछिल्लो समयमा विभिन्न नारा राख्दै थारु समुदायका समस्या समाधान गर्ने कुरामा जति सुकै आश्वासन देखाएको भए पनि त्यसको सुरुवात माओवादीले नै गरेको हो । माओवादीले कति गर्‍यो? के गर्‍यो भन्न भन्दा नि हामीले निस्स्वार्थ रूपमा माओवादीलाई कसरी सहयोग गरिरहेका छौँ । भन्ने कुरा सबै थारु समुदायले बुझ्न जरुरी रहेको बताए । आज जति पनि थारु, दलित, मुस्लिम अपाङ्ग, महिला, अन्य पिछडिएका वर्गले आफ्नो आवाज निर्धक्कका साथ बोल्न पाउनुको मुख्य कारण भनेको माओवादी रहेको बताउँदै । आगामी निर्वाचन २०८४ मा कसैको भ्रम, लोभ लालच मा नगरी माओवादी केन्द्रका उम्मेद्धारहरुलाई निर्वाचित गराउन समेत अनुरोध गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य बिर्ख बहादुर महतरा, नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गणेश राज गिरि (लाल दीप), प्रदेश कमिटी सदस्य रूपक सुनार, रामकृष्ण डगौरा थारु (रञ्जित) , नाथु राम थारु, दल बहादुर तिरुवा तथा लगाएको उपस्थिति रहेको थियो ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार