प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज स्वदेश फर्किने भएका हुन । उनी आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ ।
त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी–पहिरोको क्षतिका बारेमा मन्त्री हरुसँग जानकारी लिनेछन् । गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यु योर्क गएका थिए ।
ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार