एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् ।

कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जिपिए २.१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् । त्यस्तै जिपिए ३.१ देखि ३.६ ल्याउने एक हजार ५ सय १८ जना छन् ।

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहज रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ।

संस्थाहरूको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार