मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । साइबर ब्युरोले आइतबार भक्तपुरस्थित मेडिकल व्यवसायी प्रसाईँलाई उनकै घरबाट पक्राउ गरेको थियो ।
पक्राउ पछि उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार