कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

काठमाडौं । बिहीबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ भने अन्य धेरै विदेशी मुद्राको मूल्य बढेको छ । मंगलबार र बुधबार प्रतिडलर खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको अमेरिकी डलर एकको खरिददर आज १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार र बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

आज युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र दिनारसहित अन्य धेरै मुद्राको मूल्य बढेको छ ।

आजको लागि युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा कायम भएको छ । हिजो युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो बेलायती पाउन्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार