श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं -६ जगतपुरमा रहेको श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० को गरी २ वर्षको सार्वजनिक सुनुवाई सँगै सम्पन्न गरेको हो । आर्थिक वर्ष २०७८-०७९ को कुल १२ लाख ७५ हजार ६सय ८७ रुपैयाँ र आर्थिक वर्ष २०७९-०८० को कुल १४ लाख ४१ हजार ७ सय ४५ रुपैयाँको आय व्यय विवरण संस्थाका प्रबन्धक राम नारायण डँगौराले प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष हरि सिंह दहितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका -६ का वडा अध्यक्ष राम कृष्ण डँगौरा थारु रहनु भएको थियो । अध्यक्ष डँगौराले सहकारी संस्थालाई जोगाउन र संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो संस्थालाई दिगोपन बनाउन संस्थाका प्रतिनिधिहरू जिम्मेवार भएर संस्थालाई अगाडि बढाउन पनि अनुरोध गर्नुभयो ।

वहाँले भन्नु भयो नवज्योति ग्रामीण विद्युत सहकारी यस क्षेत्रमा राम्रो बचत गरेको संस्थाको रूपमा रहेको बताउँदै आगामी दिनमा आफ्नो तर्फ बाट हुने आवश्यक सहयोग सदैव गर्ने पनि बताउनु भयो ।

यस्तै विशिष्ट अतिथिमा -६ नं वडा सदस्य अमर सिंह डँगौरा रहनु भएको थियो । कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि समाजसेवी, बढघर, भलमन्सा, लगायत आम उपभोक्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण हरेन्द्र चौधरीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार