कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ ।
३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।