प्रदेश सरकारलाई पूर्णता दिन भोलि नै गठबन्धनको बैठक बोलाउछु; मुख्यमत्री शाह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाई छिटै पुर्णता दिने बताएका छन ।

मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि भोलि मंगलबार नै सत्ता गठबन्धनको बैठक बोलाएर लामो समयसम्म पनि पूर्णता नपाएको सुदुरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने बताएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए ।

मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’
नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय र १ राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । सो अडान पूरा नहुँदा हालसम्म सरकारमा जान मानेको छैन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार