कैलालीको जोशिपुरमा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम सम्पन्न

बौनिया । कैलालीको जोशिपुर गाउँपालिकामा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम  आज सम्पन्न  भएको छ ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको आयोजना र जोशीपुर गाउँपालिकाको सहकार्यमा २०८० जेठ १  देखि सुरु भएको उक्त तालीम असार १५ गते सम्म सञ्चालन भएको थियो ।

उक्त तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।

जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मान्त्रलायका उप-सचिव गणेश बहादुर सिह रहेका थिए । यस्तै विशिष्ट अतिथी सीप विकास केन्द्रका प्रमुख भुवन पन्त, जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  मर्शाल पन्त, प्रशासन सहायक अधिकृत मीन राज कठरिया रहेका थिए ।

 अबिनाश चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा  ७ वटै वडा बाट जम्मा १८ जना प्रशिक्षार्थीहरुको सहभागि रहेको थियो । यस्तै १८ प्रशिक्षार्थीहरुलाई १ पिस कुर्सी सलुनको १ सेट समान हरु वितरण गरेको हो । भने तालिमको प्रशिक्षण बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का एम बहादुर थारु चौधरी गर्नु भएको थियो  ।

समापन कार्यक्रममा बोल्दै जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले यो ४५ दिने बारबर अपग्रेड तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई धेरै धेरै  बधाइ सहित धन्यवाद दिए । ४५ दिनमा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । उक्त सिकेको सिप व्यवसायी रुपमा थोरै आफ्नो पनि लागानी गरि संचालन गर्न समेत अनुरोध गर्नु भयो । सोही क्रममा उहाँले जोड्नु भयो केही मात्रामा मात्र भएपनि आफ्नो व्यक्तिगत लगानि रहमा आफुमा थप केही  व्यवसायी जिम्मेवारी समेत महसुस हुने बताउनु भयो ।

यस्तै अध्यक्ष चौधरीले भन्नु भयो- आ.व ०८०/८१ मा थप बजेटको व्यवस्थापन गरि उच्च स्तरीय तालिमको लागि पहल गर्ने छौ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार