समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बर्दगोरिया गाउँपालिकाको अनुरोध

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले समयमै आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न लाभान्वित व्यक्ति हरुमा अनुरोध गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० सकिनै लाग्दा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पालिकाले कोही पनि लाभान्वित व्यक्तिहरु सेवा लिन बाट बन्चित नहुन भन्दै सुसूचित गराउन एक सूचना सार्वजनिक गरेको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले जानकारी दिए ।

उनले भने थुप्रै सेवा ग्राहीहरुले समयमै आफ्नो परिचयपत्र नवीकरण गर्दैनन् जसको गर्दा उनीहरुको सेवा प्राप्त गर्न बाट बन्चित हुन्छन् । त्यसैले समयमै सेवा ग्राही नागरिकहरुले आफ्नो परिचय पत्र नवीकरण गरी सेवा लिन सकुन भन्दै पालिकाले सूचना सार्वजनिक गरेको हो ।

यस्तै पालिकाले वडागत हिसाबमा फरकफरक मिति र समयमा वडाका फरकफरक गाउँ टोलमा पालिकाका कर्मचारीहरु स्वयं उपस्थित हुने हुँदा उक्त तोकिएको स्थानमा गई आफ्नो परिचयपत्र नवीकरण गर्न सकिने भएको छ ।

परिचयपत्र श्रावण १ गते देखि भाद्र मसान्तसम्म सम्म नवीकरण गर्न पाउने व्यवस्था रहेको छ ।

परिचयपत्र नवीकरण गर्दा आवश्यक पर्ने कागजात 

– परिचयपत्र नवीकरण गर्दा आवश्यक पर्ने कागजातहरु ।

‌- हालसालै खिचेको एक प्रति पासपोर्ट साइज फोटो

– नेपाली नागरिकको प्रमाणपत्रको प्रतिलिपी एक प्रति

– अपांगता भएका नागरिकको हकमा अपांगता परिचयपत्रको प्रतिलिपी

– बाल पोषण भत्ताको हकमा आमा, बुबा वा संरक्षकको नागरिकको प्रमाणपत्रको प्रतिलिपी

‌- एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

सूचना …

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार