बर्दगोरिया । सडक स्तरउन्नतिमा अवरोधका रुपमा रहेका विद्युतको पोल सार्ने काम सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ चमेलिपुर चौक देखि पुरैनाताल हुँदै बछुरिया जोडने सडक खण्डमा पर्ने ३ ओटा विद्युतका पोल सारिएका हुन ।
वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिको आग्रहमा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिको पहलमा विद्युतको पोल सारिएका हुन ।
पोल विच सडकमा हुदा दुर्घटना हुने जोखिम थियो ,अब सडक चौडाई हुदा जोखिम कम हुने उपाध्यक्ष गिरिले बताए ।
पोलले गर्दा पानी पिचकोकाममा समेत अवरोध भएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले भने सडकमा भएका विद्युतका पोलले गर्दा दुर्घटनाको जोखिम संगै सडक चौडाई गर्ने काममा समस्या गरेको थियो । सडकमा भएका विद्युतका पोल सार्दा दुर्घटनाको जोखिम कम हुनुका साथै सडकलाई चौडाई गर्न सहज भएको छ ।