बर्दगोरिया-४ मा नि:शुल्क दन्त शिबिर, २ सय ८० जनाले सेवा लिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा सनिवार एक दिने नि;शुल्क दन्त शिबिर सम्पन्न भएको छ ।

बर्दगोरिया गाउपालिका वडा नम्बर ४ को आयोजना तथा मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वडा नम्बर ४ मा भएको हो । शिबिरबाट वडा नम्बर ४ का करिव २ सय ८० जनाले सेवा लिएका छन ।

दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए ।

पालिकाको वडा नम्बर ४ ले दन्त शिबिर गरेर राम्रो काम गरेको मालिका दन्त सेवा प्रालीका केशव शाहिले बताए ।

हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि जटिल समस्या उत्पन्न हुने हुदा सधै दात माझ्नु पर्ने वडा नम्बर ४ का अध्यक्ष जगत शाहिले बताए ।

शिबिरमा डेनटल सर्जन डाक्टर प्रज्ञा मल्ल, सिडिएस केशव शाही, डेभिड शाहि, टंक शाही लगाएतकाले दन्त परिक्षण गरेका थिए । शिबिरमा ९२ जनाले दात निकालेका छन । ७६ जनालाई रिफर गरिएको छ भने २ सय ६० जनालाई औषधि बितरण गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार