![](https://naulopress.com/wp-content/uploads/2024/10/sudur-prime-dental-final.gif)
काठमाडौँ । देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।