बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा न्यानो कपडा वितरण

२२, पौष बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले न्यानो कपडा वितरण गरेका छन ।

अत्याधिक चिसो बढ्दै गएपछि गाउँपालिकाले विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

अत्याधिक चिसो बढ्दै गएपछि विपन्न बस्तिका मानिसहरहरुलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरलेले जानकारी दिए।

चिसो मौसममा कम्बल दिई ठुलो सहयोग गरेको भन्दै कम्बल पाएका स्थानिय वासीहरु खुसी भएका छन्। चिसो दैनिक बढेको छ, चिसो छल्ने उचित कपडा नहुँदा चिसोले कठ्याङग्रिएर बस्नुपर्ने बाध्यतामा हामीले कम्बल पायौ, कम्बल लिएका बर्दगोरियाका एक स्थानियले भने–‘धेरै खुसी छौ।’

पछिल्लो केही दिन यता अत्याधिक चिसो बढेपछि अपाङ्गता भएका स्थानिय नागरिकहरु त्यसको मारमा परेका छन्। सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले निर्वाचनको समयमा जनताको माझमा बोलेका बाचा पूरा गरेको भन्दै स्थानीयहरु खुशी भएको देखिन्थे भने गाउँपालिका अध्यक्ष कुँवरले अपाङ्ग भएका व्यक्तिहरुलाई आफूले पाउने सेवा सुविधाबाट नगदसहित जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा (कम्बल) वितरण गर्नुभएको छ । उनले निर्वाचनका बेला बोलेका कुराहरुलाई स्मरण गराउँदै अपाङ्ग भएका व्यक्तिहरुलाई जेठ मसान्त देखि मंसिर मसान्त सम्म आफुले पाएको तलव र भत्ता ४ लाख ७ हजार रुपैया २२९ जना ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई नगद १ हजार ७ सय ७० रुपैयाँका दरले वितरण गर्नुभएको हो । कुँवरले आफ्नो ५ वर्षे कार्यकालमा पाउने सेवा सुविधालाई यस क्षेत्रमा रहेका विपन्न वर्ग, गरिब, विपन्न बालवालिका हरुलाई नगदसहित विभिन्न सामाग्री वितरण गर्ने बताए । जनप्रतिनिधि सेवा मुखी भएको बेला कैलालीमा रहेको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कुँवरले एक उदाहरणिय काम गरेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार