कैलालीमा मात्र ४३ जनाले गराए मिटरब्याजीविरुद्ध उजुरी दर्ता

कैलाली । कैलालीमा आइतबार सम्म ४३ जनाले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराएका हुन ।  गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको कैलालीमा मात्र ४३ जना विरुद्ध उजुरी दर्ता गरिएको हो ।

सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको हो ।

मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार