बर्दगोरिया । नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष इन्द्र खतिवडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा प्रमुख अतिथि नेपाल राहत शिक्षक संगठन कैलाली जिल्ला कार्यसमिति अध्यक्ष सागर जोशी रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष जोशीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै संगठनले राहत शिक्षकको हक हितमा न्याय पुर्ण तरिकाले आफ्नो कार्य गर्दै आएको बताए । बिगत लामो समय देखि राहतमा कार्यरत शिक्षक हरुको हक हितमा सरकारको ध्यानाकर्षण हुने गरि आफुहरुले आफ्ना कार्यक्रमहरु निरन्तर रुपमा गरिएको बताए ।
यस्तै अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।