कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

लम्की । नेपाली काँग्रेसका नेता एवम् बामलोकतान्त्रिक गठबन्धन राजनितिक उच्च स्तरिय संयन्त्र प्रवक्ता देवानन्द जैशी सुवेदीले कैलाली जिल्लामा गठबन्धनको जीत सुनिश्चित रहेको र ओली प्रतिगामीको पराजित निश्चित भएको भएको बताएकाछन् । शनिबार लम्कीचुहा नगरपालिका ६ बावनपुरमा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैशीले गठबन्धनले कैलालीमा भारी मतले जित्ने भन्दै ओली प्रतिगामीको पराजित निश्चित भएको बताएकाहुन् ।

गठबन्धनमा रहेका दलहरुको आपसी एकता र गठबन्धनमा उर्लेको जनलहर देखेपछि प्रतिगामी पार्टी नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा अतालिएको छ । काङ्ग्रेसको उम्मेदवार छैन? किन माओवादी लाई भोट हाल्ने ? भनेर हार मानसिकताले भ्रमको सिर्जना गर्ने नेकपा एमालेले बुझोस् जुनसुकै पार्टीबाट उम्मेदवार भएपनि ती उम्मेदवार गठबन्धनका साझा उम्मेदवार हुन् । कैलाली क्षेत्र नम्बर २ (ख) मा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाका उम्मेदवार भगत बडुवाल र प्रदेश सभाका उम्मेदवार नन्द बहादुर साउँद राजेन्द्र नेपाली काँगेसका उम्मेदवार हुन् । गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्यधिक मतले विजय गराउन काँगे्रस लागि परेको छ । नेकपा एमालेले मनका लड्डु घिउ संग खाने सपना देख्नु दिवा सपना भएको जैशीले बताए ।

अवसरका लागि प्रत्येक चुनावमा पार्टी फेर्दे जता पायो उतै दौडिने पनि उम्मेदवार बनेकाछन् । उद्येश्य नभएको पार्टी, राजनितिक चरित्र र धैर्यता नभएका अवसरवादीले केही पनि गर्न नसक्ने जैशीले दाबी गरे । नागरिक उन्मुक्ति पार्टीको पनि भविष्य नभएको भन्दै प्रतिगामी एमाले लाई तह लगाउन जनता मंसिर ४ को निर्वाचन कुरेर बसेको उनले बताए ।

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवम् माओवादी नेता बिष्ना कुमारी बिसी (सपना)ले अग्रगामी र प्रतिगामी बीचको चुनावी लडाई गठबन्धनले सजिलै जित्ने बताईन् । यो लडाई जनताको त्याग तपस्या बलिदानबाट प्राप्त अधिकार र शाषन व्यवस्थालाई जोगाउने र संविधानमा नभएको अधिकारको दुरुपयोग गरि संविधान भत्काउने एमाले बीच भएको भन्दै जनता परिवर्तन र अग्रगामीको पक्षमा रहेकोले चुनाव गठबन्धनले जित्ने बिसीले बताईन् ।

बिसीले भनिन् “ नेपाली काँगे्रसको रुख चिन्हमा माओवादीले भोट हाल्न पाउदा गर्व महसुस गरेको छ । माओवादीले खुसीले गद्गद् भएर स्थानीय निर्वाचनान पनि नेपाली काङ्ग्रेसको रुख चिन्हमा मतदान गरेको र अहिलेपनि खुसिका साथ मतदान गर्न तम्तयार रहेको छ । हामी माओवादीलाई रुखमा मतदान गर्न कुनै अफ्ठयारो छैन।” संविधान जोगाउन गठबन्धन बनेकोले निर्वाचनमा एकले अर्का पार्टीको चुनाव चिन्हमा मतदान गर्न साँघुरो सोच कसैले पनि राख्न नहुने बिसीले जोड दिईन् । गठबन्धनमा अन्र्तघात भयो भने यसको फाइदा प्रतिगामीलाई हुने भएकोले यसतर्फ जनता गठबन्धनका नेता कार्यकर्ता सचेत हुनुपर्ने उनले बताईन् ।

यस्तै एकिकृत समाजवादी जिल्ला कमिटी सिचवालय सदस्य एवम् समाजवादी नेता कैलाली क्षेत्र नम्बर २ बामलोकतान्त्रिक मूल निर्वाचन सचिवालय सदस्य महेन्द्र ढुंगानाले एमाले पार्टी नरहेर ओली कम्पनी भएकोले देशको मुहार फेर्न गठबन्धनलाई जिताउनु पर्ने बताए । अब ओली कम्पनीको कुनै काम छैन् । दुईदुई पटक संसद विघठन गरि संविधानको हत्यागर्ने केपी ओली प्रतिगमनकारी भएकोले ओली कम्पनीको चुनावबाट पत्तासाप गराउनुपर्ने ढुंगानाले बताए । गठबन्धनले चुनाव जित्छ, तर एकआपसमा विश्वासघात गरेपछि जित्ने चुनाव हार्न पनि सकिन्छ । त्यसैले गठबन्धनमा सबैले प्रतिगामी ओली कम्पनीलाई परास्त गर्नेगरि मतदान गर्नुपर्ने उनले बताए । गठबन्धनका जुगराम चौधरीले चलाएको कार्यक्रममा सभाअध्यक्ष हंश रोका रहेका थिए, भने चुनावीसभामा सयौं जनता नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार