बर्दगोरियाका ६ वटै वडामा खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न: सन् २०२८ सम्म सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका ६ वटै वडामा सुरक्षित खानेपानी पहुँच विस्तार गर्ने आयोजनाको ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएको छ। विश्व बैंकको ऋण सहयोग तथा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा सञ्चालित यस आयोजनाबाट करिब ९ हजार घरधुरी लाभान्वित हुने लक्ष्य राखिएको छ।

वडा नं. १ को सडकपुर–बौनिया खानेपानी आयोजनाको ठेक्का खड्का/पीएस जेभी, बाँकेसँग १७ करोड २५ लाख ६८ हजार १२२ रुपैयाँमा सम्झौता भएसँगै सबै वडाको ठेक्का प्रक्रिया पूरा भएको हो।

आयोजनाको लक्ष्य सन् २०२८ जुलाईसम्म गाउँपालिकाका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउनु रहेको छ। अब निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्नु र खानेपानी सेवाको दिगो व्यवस्थापन सुनिश्चित गर्नु मुख्य चुनौतीका रूपमा रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार