खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, अनुसन्धान जारी

भक्तपुर । भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको हत्या गरिएको छ । भक्तपुर नगरपालिका १० छालिङमा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको गएराति हत्या भएको छ ।

सलिनाका श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले प्रहार गरेको खुकुरीबाट उनको ज्यान गएको हो । गएराति घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेको बताइन्छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विदुर पक्राउ परिसकेको र खुकुरी प्रहारबाट आठ वर्षीय छोरो घाइते छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार