बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष भीम बहादुर कुँवरको अध्यक्षतामा सोमबार भएको उक्त ९ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मन ऋषि आचार्य हरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सामुदायिक वन समुदायको भएको हुँदा आम उपभोक्ताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ रूपमा सम्पूर्ण उपभोक्ताले पाउँदै आएको बताउँदै कसैलाई काखा पाका गरेर विभेद नगर्न समेत अनुरोध गरे । विशेष गरी सामुदायिक वन समुदायको भएकोले सम्पूर्ण उपभोक्ताले पनि यसको संरक्षण तर्फ लाग्नुपर्ने, चोरी तस्करी जस्ता क्रियाकलाप आफू पनि नगर्न र कसैले गरेको थाहा पाएमा सम्बन्धित निकायलाई समयमै खबर गरी त्यस्ता क्रियाकलाप गर्ने जोकोही लाई पनि कानुनी कार्यवाहीको दायरामा ल्याउन मदत गर्न समेत अनुरोध गरे ।

सामुदायिक वनका उपाध्यक्ष ध्वज बहादुर सुनारको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रम वडा नं। ३ का वडा सदस्य बसन्ती साउँद, सामुदायिक वनका पूर्व उपाध्यक्ष तथा श्री महुन्याल माध्यमिक विद्यालयका अध्यक्ष डबल विश्वकर्मा, श्री जगदम्भिके भगवती मा।वि का प्रधानाध्यापक नेत्र खडका, शिव शक्ति ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष दल बहादुर तिरुवा लगाएका ले कार्यक्रम सफलताको शुभकामना सहित आफ्नो सुझाव सल्लाह सहित मन्तव्य राखेका थिए ।
साधारण सभामा आर्थिक वर्ष २०८१÷०८२ को ११ लाख ८३ हजार १ सय ३५ रुपैयाँ ५६ पैसा बराबरको आर्थिक प्रतिवेदन सामुदायिक वनका कार्यालय सचिव यज्ञराज बन्तोलाले प्रस्तुत गरिएको थियो ।














