हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा बाढीले विद्यालय र घरगोठसमेत बगाएको छ।

मंगलबार राति आएको लेदोसहितको बाढीले विद्यालय र घरगोठ बगाएको स्थानीयले जानकारी दिएका छन् ।
बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ ।
क्षतिग्रस्त क्षेत्रमा प्रहरीहरू पुगिसकेका छैनन् । विगट ठाउँमा भएकाले त्यहाँ पुग्न नै एक दिन लाग्ने स्थानीयको भनाइ छ ।

















