बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा रहेका बौनियाँ सन साइन युवा क्लबले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।

युवा क्लबले नेपालीहरूको दोस्रो महान् चाड तिहारको उपलक्षमा खेलेको देउसी भैलो बाट उठेको पैसाले उक्त कार्यक्रम गरेको क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माले नौलो प्रेस लाई जानकारी दिए ।
पछिल्लो समय थुप्रै युवायुवती लागु पदार्थ दुर्व्यसनी तर्फ फसिरहेको बेला उनीहरूलाई लागु पदार्थ दुर्व्यसनीबाट कसरी बाहिर ल्याउन सकिन्छरु र नयाँ युवा पुस्तालाई कसरी लागु पदार्थको कुलतमा फस्न बाट रोक्नको लागि उक्त कार्यक्रम गरेको युवा क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माले बताए ।

लागु पदार्थले व्यक्ति मात्र नभई समग्र घर, समाज, गाउँ हुँदै देश नै सक्ने र यसको सेवनले कसैलाई कुनै पनि प्रकारको लाभ नदिने भएको बताउँदै युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्ने र लागु पदार्थ सेवनबाट टाढा राख्न आफूहरूले इलाका प्रहरी कार्यालय बौनिया सँग सहकार्य गर्दै उक्त कार्यक्रम गरेको युवा क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माले बताए ।
युवा क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माका अनुसार उक्त कार्यक्रम पालिकाका सम्पूर्ण वडा तथा टोलमा गर्ने तय रहेको छ ।














