WASH क्षेत्रको (Flagship) कार्यक्रम तयारी बैठकमा लम्की चुहा नगर प्रमुख शाहीको सहभागीता

बौनिया । खानेपानी मन्त्रालयको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) क्षेत्रअन्तर्गत सन २०२६ देखि २०३० सम्म सञ्चालन हुने अभियानात्मक (Flagship Programmes) कार्यक्रमको तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ।

सुर्खेत स्थित शुभ होटलमा आयोजित उक्त बैठकमा लम्की चुहा नगरपालिका प्रमुख शुसिला शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा WASH क्षेत्रका आगामी सम्भावित कार्यक्रम तथा परियोजनाबारे विभिन्न पक्षबाट छलफल तथा प्रस्तुतीकरण गरिएको थियो।

बैठकमा सहभागी हुँदै नगर प्रमुख शाहीले WASH क्षेत्रको दिगो विकासका लागि आवश्यक योजना निर्माण, कार्यान्वयन र समन्वयका विषयमा महत्वपूर्ण जानकारी हासिल भएको बताउनुभयो । साथै, यस्ता कार्यक्रमले स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवाको प्रभावकारी विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय तथा विज्ञहरुको उपस्थिति रहेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार