कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

बर्दगोरिया। कैलालीको लमकीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बुधबार राति लम्कीचुहा नगरपालिका – ५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीलाई राति पौने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएको डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार