चुहा / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थीत चुहामा निर्माणधिन ५० सैयाको अस्पताल लाई पूर्णता नदी सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा नगरपालिका द्वारा सञ्चालित नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन थालेपछि स्थानीयवासी आन्दोलित भएका छन्।

चुहा बजार व्यवस्थापन समितिको सम्वयमा सोमबार (आज) एक कार्यक्रमको आयोजना गर्दै स्थानीय वासीले सरकारले तुरुन्तै उक्त अस्पतालको अधुरो कार्यलाई अगाडि बढाउँदै छिटो सञ्चालनको माग सहित गर्दै आन्दोलीत भएको चुहा बजार व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर देउवाले नौलो प्रेस लाई जानकारी दिए ।
देउवाले नौलो प्रेस सङ्ग कुरा गर्दै – हामीले आज शान्तिपूर्वक सरकारलाई ध्यानाकर्षण मात्र गराएका छौं । यसका साथै हामीले जनक बमको संयोजकत्वमा २५ सदस्यीय “अस्पताल सञ्चालनार्थ दबाबमूलक संघर्ष समिति” समेत गठन गरेका छौं । संघर्ष समितिले अस्पताल सञ्चालन नहुन्जेल विभिन्न सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने छ।
यस्ता छन संघर्षका कार्यक्रमहरू ।

संघर्ष समितिले चैत ९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेको जनाउँदै चैत १८ गते वडा नं. ६, ८, ९ र १० का कार्यालयहरूमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जनाएको छ। यसपछि पनि माग सम्बोधन नभए चैत २२ गते चुहा, गुलरा, गप्का र स्याउले बजारलगायतका क्षेत्रमा राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिइएको छ।
संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

किन भए स्थानीयवासीहरू आन्दोलित?
चुहामा निर्माणाधिन ५० शैयाको जनता अस्पतालल लाई अलपत्र रुपमा राखी सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयहरू आन्दोलित भएका हुन् ।
तत्कालीन प्रदेश सरकारका प्रमुख त्रिलोचन भट्टले २०७६ साल जेष्ठ १३ गते उक्त ५० शैयाको अस्पताल शिलान्यास गरेका थिए।
प्रदेश सरकारद्वारा शिलान्यास गरिएको ५० सैयाको अस्पताल अलपत्र अवस्थामा रहेको बेला प्रदेश सरकारले लम्कीचुहा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई स्तर उन्नति गरी प्रादेशिक अस्पताल बनाउन थालेपछि स्थानीयहरू आन्दोलित बनेका हुन् ।
उक्त ५० सैयाको अस्पताल निर्माणको लागि लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा रहेको श्री राष्ट्रिय नवजागृत माध्यमिक विद्यालयले आफ्नो करिब ४ बिघा जमिनसमेत उपलब्ध गराएको थियो । विद्यालयको जमिनमा शिलान्यास गरिएको उक्त ५० सैया अस्पतालमा हाल केही भवनहरू मात्र बनेर अहिले अन्योलमा अवस्थामा रहेको छ।


















