बौनिया जेसीजले बर्दगोरियाका मुख्य बजारमा फहरायो नयाँ राष्ट्रिय झण्डा 

बौनिया । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बौनिया जेसीजले नेपालको झण्डा फहराएको छ।

 

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बौनिया जेसीजले प्रजातन्त्र दिवसको अवसर पारी सडकपुर बौनिया बजार र कोटागढी बजारमा नेपालको झन्डा फराएको हो।

बौनिया बजार को मुख्य चोक र कोटागढी बजारको मुख्य चोकमा फराएका झन्डा पुराना भई च्यातिएको हुँदा प्रजातन्त्र दिवसको विशेष अवसर पारी उक्त झण्डाहरु बौनिया जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर फेरेको बौनिया जेसीज वर्ष २०२६ का अध्यक्ष भीमबहादुर बिक बताए।

जेसीज सधैँ समाजमा सकारात्मक कोणबाट परिवर्तन खोज्ने र युवाहरूलाई कसरी नेतृत्वदायी बनाउन सकिन्छ भन्ने कुराको मार्गदर्शक रहने हुँदा सोही कार्यअनुसार आफूहरूले उक्त झण्डा फेरेको अध्यक्ष भीम बहादुर बिकले बताए ।

सोही क्रममा उनले भने- बर्दगोरिया गाउँपालिकाको दुईवटा मुख्य बजार बौनिया बजार र कोटागढी बजार पूर्वपश्चिम राजमार्गसँग जोडिएको र दैनिक हजारौं सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू ओहोरदोहोर गरिरहेको अवस्थामा ती दुई मुख्य बजारमा राखिएका झन्डा फोहोर भई केही ठाउँमा च्यातिसकेको हुँदा बौनिया जेसीज उक्त पूरा झण्डालाई हटाउँदै नयाँ झण्डा फहराएको बताए।

बौनिया जेसीजले विभिन्न समयमा आफ्नो सामाजिक उत्तरदायित्व सम्झी जेसीजको मूल मन्त्रअनुसार विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।

केही दिन अघि मात्रै बौनिया जेसीजले बर्दगोरिया  गाउँपालिका २  रहेको सहारा घरमा महाशिवरात्रीको अवसर पारी खाद्यान्न तथा फलफुल सहयोग गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार