कैलाली। महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले साहारा घरमा खाद्यान्न तथा फलफूल सहयोग गरेको छ।
आईतबार महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले बर्दगोरिया गाँउपालिका वडा नम्बर २ स्थित साहारा घरमा खाद्यान्न तथा फलफूल सहयाेग गरेको हो ।
“सेवा नै धर्म हो, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै शिवरात्रिका दिन सहारा घरमा खाद्य तथा फलफुल सहयोग गरेको बौनिया जेसिजका अध्यक्ष भीमबहादुर बिकले बताए। अनुसार पर्वका बेला विभिन्न धार्मिक स्थलमा गए पूजापाठ गर्ने तर जहाँ खास सहयोग मानवता आवश्यक हुन्छ त्यस ठाउँमा खासै कसैको ध्यान नजाने गरेको हुँदा। शिवरात्री जस्तो धार्मिक पर्वमा जेसिसको मूल मन्त्रअनुसार बौनिया जेसिज परिवारले सहारा घरमा खाद्यान्न तथा फलफुल सहयोग गरेको बताए।

अध्यक्ष भीमबहादुर विकले धार्मिक पर्वहरूमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायमै पुगेर सेवा दिनु जेसीजको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उक्त फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा बौनिया बजारमा रहेको राजा वर्कशपले सहकार्य गरेको भन्दै राजा वर्कशपका सञ्चालक नरेश मल्ललाई धन्यवाद समेत व्यक्त गरे।

यस्तै सहाराघरका सञ्चालक बलबहादुर बिष्टले बौनिया जेसिजले यो पवित्र धार्मिक पर्वको अवसर पारी सहारा घरमा रहेका असहाय आमाबुबा हरुलाई एक छाक मात्र भएनी खाद्यान्न तथा फलफुल सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै वर्ष २०२६ को कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

उनले भने २०११ मा स्थापना भएको बौनिया जेसिजले विभिन्न समयमा यस सहाराघरको एक अमूल्य अङ्ग मान्दै समाजमा एक जिम्मेवारी संस्थाको रुपमा रही सहयोग गरेको छ ।
















