बौनिया । नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो ।

चुनावी प्रचार प्रसारलाई तीव्रता दिने क्रममा पार्टीले निर्वाचन क्षेत्र का विभिन्न वडा तथा पालिकामा निर्वाचन पार्टी सम्पर्क कार्यालयको समेत उद्घाटन गर्दै आएको छ । सोही अनुसार बिहीबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्वाचन पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको । कार्यालयको कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउँद ९राजेन्द्र०ले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यालयको उद्घाटन गर्दै यस पार्टी सम्पर्क कार्यालयबाट वडाका विभिन्न टोल बस्तीका जनसमुदायको आवश्यकता तथा जिज्ञासा सहित आफूले निर्वाचित भएपछि यस ठाउँको लागि के कस्ता विकासका योजना ल्याउन पर्ने छ, भन्ने कुराको प्रस्ट जानकारी हुने कुरामा आफू लाग्ने हुँदा सम्पूर्ण वडा बासी आम जनसमुदायले आफ्नो गाउँ बस्तीमा आवश्यक पर्ने विकासका योजनाको बारेमा प्रस्ट जानकारी सहित जिज्ञासा टिपोट गर्न समेत अनुरोध गरे ।

उहाँहरूले जनतासँग प्रत्यक्ष संवाद, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै उम्मेदवार नन्द बहादुर साउँद ९राजेन्द्र०ले राजनीति जनताको दैनिकीसँग जोडिनुपर्ने बताउँदै रोजगारी, आधारभूत सेवा र स्थानीय समस्या समाधान आफ्नो प्राथमिकता हुने स्पष्ट पारे । उनले सम्पर्क कार्यालयलाई प्रचारको थलो मात्र नभई जनताको आवाज सुन्ने साझा केन्द्रका रूपमा विकास गर्ने धारणा समेत राखे ।
साथै साउँदले प्रदेश सभा निर्वाचन २०७५ मङ्सिर ४ गतेको भएको निर्वाचन बाट आफू निर्वाचित भएपछि यस वडाका विभिन्न साना देखि ठुला योजनाहरू सञ्चालन गर्दै उक्त योजनाहरू सम्पन्न गरेको बताए । उनले भने उक्त समयमा प्रदेश सभा सदस्यको रूपमा कतिपय सङ्घीय सरकार मातहतका योजनाहरू सञ्चालन गर्न नसकेको र उक्त सङ्घीय सरकार मातहतका आयोजनाहरू अगाडि सार्दै आफू निर्वाचित क्षेत्रको समग्र विकासको लागि नेतृत्व प्रदान गर्न फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेकपाको चुनाव चिन्ह तारामा अत्याधिक बहुमत आफूलाई निर्वाचित गराइदिन समेत आम जनसमुदायमा विनम्र अनुरोध गरे ।

यस्तै कार्यालय उद्घाटन कार्याक्रमै विभिन्न पार्टी परि त्याग गर्दै दर्जन बढी नेता कार्यक्रता पार्टी प्रवेस समेत गरेका थिए ।


















