बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन बाट निर्वाचित भिम बहादुर बि क ले पदभार ग्रहण गरेका छन । मंगलबार बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको हो ।

बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रुपक बिष्ट रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही रहनु भएको थियो ।
बौनिया जेसिज बर्ष २०२५ का उपाध्यक्ष हरेन्द्र चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , टिकापुर जेसिजका अध्यक्ष कमल राज सुवेदी , मोहन्याल मा वि का प्र अ चन्दृका मिश्र लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम, बर्ष १७ का अध्यक्ष कृष्ण बिष्ट, १९ का अध्यक्ष धिरज शाही, २० का अध्यक्ष केशव शाही, २२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, २३ का अध्यक्ष चक्र बहादुर शाही, बालकन्या मा वि का प्र अ लाल सिंह गडशिला, घोडाघोडी जेसिजका अध्यक्ष धन बहादुर बडुवाल, घोडाघोडी जेसिजका पुर्व अध्यक्ष लक्ष्मण न्युरे, दिपक चन्द, लम्की जेसिजका अध्यक्ष कमल खत्री लगाएतको उपस्थिति भएको थियो ।
कार्यक्रमको संचालन बर्ष २०२६ का महासचिव भिम बहादुर बि क र २०२६ का महासचिव थिरेन्द्र गडशिलाले गर्नु भएको थियो ।
















