बौनिया जेसिसको अध्यक्षमा भिम बि.क निर्वाचित

बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट भिम बहादुर बि.क अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

त्यसै गरि कार्यकारिणी उपाध्यक्षमा चक्रराज बोहरा  र डम्बर ब बुढा, उपाध्यक्षमा सागर चौधरी , तिलक ढुङ्गाना, चन्द्र प्रसाद देबकोटा र सुन्दर गौतम  निर्वाचित भएका छन् ।

बौनिया  जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाही , पूवअध्यक्षहरु भुवन बम,कृष्ण बिष्ट   लगायतको उपस्थितिमा अधिबेशन शौहार्दपूर्ण वातावरण सम्पन्न भएको हो । अधिवेशन बौनिया जेसीज वर्ष २०२५ का अध्यक्ष मिलनओलिको सभाध्यक्ष तथा बौनिया जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाहीको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनमा निर्वाचन कमिटी सदस्य चक्र बहादुर शाहीको संयोजकत्व तथा निर्वाचन कमिटीका सदस्य कृष्ण प्रसाद ओझाको सदस्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बौनिया  जेसीजका पूर्व अध्यक्षहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार