जेनजी रेड फोर्स लालितपुर जिल्लाको कमाण्ड संबिधान हमालको हातमा

ललितपुर । जेनजी रेड फोर्स नेपालको लालितपुर जिल्ला कमाण्डको जिम्मेवारी संबिधान हमालले सम्हालेका छन्। संगठनको निर्णयअनुसार उनलाई लालितपुर कमाण्डको नेतृत्व सुम्पिएको हो।

कमाण्ड सम्हालेपछि हमालले युवालाई एकताबद्ध गर्दै संगठनलाई अझ सक्रिय, अनुशासित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राष्ट्र, समाज र युवाको हक–हितका विषयमा जेनजी रेड फोर्सलाई सशक्त रूपमा अगाडि बढाउने बताए।

उनले जेनजी रेड फोर्स नेपालले पुस २७ गर्न लागेको जेनजी जागरण सभामा सम्पुर्ण जेनजी उपस्थितिका लागि पनि आग्रह गरे।

हमालको नेतृत्वमा लालितपुर जिल्लामा संगठनको गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार