२२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बर्दगोरियामा मनाइयो

बौनिया/ २२ औँ महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपमा मनाइएको छ।

“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित कार्यक्रम गरी दिवस मनाइएको हो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लालपरिया डगौरा थरुनिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।

पहिले महिला स्वयंसेविकाले माशिक भत्ता २ हजार पाउदै आएकोमा अब देखि सो रकम वृद्धि भएर माशिक भत्ता ४ हजार पाउने भएका छन ।

साथै अध्यक्ष कुँवरले ६० बर्षमा अनिवार्य अवकास पछि महिला स्वास्थ्य स्वयंसेविकाले पाउदै आएको २० हजारलाई वृद्धि गरेर १ लाख दिने प्रतिबद्धता समेत गर्नुभएको छ ।

उहाँले समाजका बालबालिका र महिलालाई स्वास्थ्य सेवा दिएर पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका दर्शना बोहराले पालिकाले बिकास संगै स्वास्थ्यका क्षेत्रमा राम्रो गरेको भन्दै प्रशन्सा गर्नुभयो । उहाँले पालिकालाई अझै राम्रो गर्न आग्रह गर्दै आफुहरुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

साथै कार्यक्रममा ६ वटै वडाबाट २/२ जना उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ,मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामिले स्वागत गरेको कार्यक्रमको संचालन सिनियर अहेब अधिकृत अनिल बिक्रम सिंहले गरेका थिए ।  पालिकाभित्र ४७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार