देवानन्द न्याैपाने

लम्की (कैलाली) १०, मंसिर । कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्ने भएको छ । जिल्लाकाे लम्कीचुहा नगरपालिका , टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ बन्न लागेको हाे । गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा नीतिकाे मस्यौदा तयार गरी प्रारम्भीक छलफल समेत भईसकेकाे छ । तीनवटै पालिकामा निर्माण हुन लागेकाे नीतिले अपाङ्गता भएका बालबालिकाकाे हक, अधिकार र समानजनक जीवनयापनकाे अधिकारलाई कानुनीरूपमा संरक्षण गर्न , सुनिश्चित हुने बिश्वास गरिएको छ ।” अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज हाेस् भन्ने अभिप्रायका साथ कैलालीका तीनवटै पालिकामा स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका छाैं गुडनेवर्स इन्टरनेशनलका कार्यक्रम संयाेजक अरूण चाैधरीले भन्नुभयो ।”
” चाैधरीले भन्नुभयो पालिकामा अपाङ्गता बालबालिका सम्बन्धी नीति बनेपछि उनिहरूकाे राज्यका सार्वजनिक सेवा सुविधा र अवसरहरूमा समान पहुँच पुग्ने विश्वास लिएका छाैं “।
लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का दृष्टिबिहिन प्रभुनाथ उपाध्यायले यस नीतिले अपाङ्गता भएका बालबालिकालाई सहयोग पुग्ने बताउनुभयो । थापापुरका दृष्टिबिहिन चक्र बहादुर मल्लले नीतिमा भएका कुरा पालिकाले सबै कार्यन्वयन गर्ने हाे भने अपाङ्ग भएका बालबालिकाहरूलाई जीवनयापनमा केही सहज हुने बताउनुभयो ।
हिडाइ सम्बन्धी समस्या भएकी अपाङ्ग महिला देवु टमट्टाले सरकारले नीति राम्रो बनाए पनि कार्यनयनकाे पाटाे भने फितलो हुदा आफूले दुःख पाईरहेकाे गुनासो समेत गर्नुभयाे । टमट्टाले भन्नुभयो ” लम्कीचुहा र टीकापुर नगरपालिका तथा जानकी गाउँ पालिकाले ल्याउन लागेकाे अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ काे छलफल कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लाग्याे । अब राज्यले अपाङ्गता भएकाहरूले भाेग्नु परेको पीडालाई सपाउदा र महशुस गर्नेछ ” ।
लम्कीचुहा नगरपालिकामा स्थानीय ऐन लागू भएपछि धेरै कानुन तथा कार्यविधि निर्माण भएको भएपनि अपाङ्गता भएका बालबालिकाकाे स्थानीय कानुन नहुदा समस्या भएको थियो । अपाङ्गता भएका बालबालिकाकाे क्षेत्रमा काम गर्न धेरै समस्या तथा कानुनी अप्ठ्यारो थियो, लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी. ले भन्नुभयो ” अब याे नीति निर्माण भएपछि सहज हुनेछ” ।
उहाँले लम्कीचुहा नगरपालिकाले हाल सम्म १२ वटा ऐन निर्माण, कार्यविधि र नीति ८७ गरी जम्मा ९९ वटा नीति, नियमावली र कार्यविधि निर्माण गरेकाे बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत के.सी. ले भन्नुभयो ” अपाङ्गता भएका बालबालिका सम्बन्धी नीति बनाउनकाे लागि जनप्रतिनिधि र सराेकारवाला संग दुई/ तीन पटक विभिन्न चरणमा छलफल भई सकेको छ । हामी नीति निर्माणकाे अन्तिम चरणमा छाै” ।
नेपालकाे संविधानकाे धारा ४२ ले सामाजिक न्यायकाे हकमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायहरूमा सहभागी गराउनुपर्ने प्रावधानकाे सुनिश्चितता गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूकाे नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको सम्मानजनक जीवनयापनकाे अधिकारलाई कानुनले संरक्षण र प्रबर्द्वन गरेको कारण पनि पालिकाले संविधानकाे कार्यन्वयन र उनिहरूकाे हक र अधिकारकाे सुनिश्चितताकाे लागि नीती निर्माण गर्न लागेकाे के.सीले बताउनुभयो । उहाँले याे नीति निर्माण भएपछि अपाङ्गता भएका बालबालिकाकाे क्षेत्रमा कार्यक्रम र बजेट निर्माणमा सहज हुने बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चाैधरीले नीति निर्माणकाे अन्तिम चरणमा छलफल भैरहेको भएपनि सराेकारवाला र विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूकाे सुझाव अनुसार अझै यस नीतिलाई सरल र सबैलाई समावेश गर्ने खालको बनाएर अन्तिम रूप दिने बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले अपाङ्गता भएका बालबालिकाहरूलाई याे नीतिले उनिहरूकाे संविधान प्रदत्त हकअधिकार सुनिश्चित हुने आफूले विश्वास लिएको बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारू र जानकी गाउँपाकलिकाका अध्यक्ष गणेश चाैधरीले अपाङ्गता भएका बालबालिका सम्बन्धी निर्माण हुन लागेकाे स्थानीय नीतिले उनिहरूकाे अधिकार संगै सहज जीवनयापनकाे सुनिश्चितता गर्ने बताउनुभयो ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत तीनवटै पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ निर्माण भईरहेकाे छ ।
अपाङ्गता सम्बन्धी वर्तमान स्थिति
राष्ट्रिय जनगणना २०७८ काे प्रतिवेदन अनुसार नेपालमा कुल छ लाख ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जुन कुल जनसंख्याको २.२ प्रतिशत हाे । सुदूरपश्चिम प्रदेशमा ६९ हजार छ सय ७७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जुन प्रादेशिक कुल जनसंख्याको २.६ प्रतिशत हाे । कैलालीको जिल्लामा मात्र २२ हजार चार सय ६५ अपाङ्गता भएका व्यक्तिहरू रहेका छन । जुन जिल्लाकाे जम्मा जनसंख्याको २.५ प्रतिशत हुन्छ । जिल्लाकाे लम्कीचुहा नगरपालिकामा दुई हजार सात सय ४० जना अपाङ्गता भएका व्यक्तिहरू छन । जसमा नगरपालिकाकाे कुल जनसंख्याको ३.१ प्रतिशत हाे ।
टीकापुर नगरपालिकामा एक हजार नाैं सय २७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन । जसमा नगरपालिकाकाे जनसंख्याको २.२ प्रतिशत हाे ।
जानकी गाउँपालिकामा जम्मा एक हजार दुई सय सात जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन ।जसमा पालिकाकाे कुल जनसंख्याको २.४ प्रतिशत हाे । नेपालमा १८ बर्ष मुनिका बालबालिकाकाे जनसंख्या कुल जनसंख्याको ३४.८ प्रतिशत रहेकोेमा अपाङ्गता भएका बालबालिकाकाे उल्लेख्य संख्या रहेको छ ।
















