लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की । मंगलबार आज लम्की बजार सरसफाई गरीएको छ ।

 

लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा बजार सरसफाई गरीएको हो ।

 

सरसफाई कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ संस्था, बजारबासीहरुको लगाएतको सहभागिता रहेको छ ।

“समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ यही मंसिर १० गते बाट ससंचालन हुन लागेको लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा आज बजार सरसफाई गरिएको हो ।

भोलि मंसिर १० गतेदेखि सुरु हुन लागेको लम्की महोत्सव मंसिर २१ ग्तेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको बुधवार भोलि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एक भव्य समारोहका बीच उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको लम्कीचुहा उद्योग बाणिज्य संघले जनाएको छ ।

 

सम्पूर्ण बजारबासि तथा नगरबासिले आफ्नो पसल वा घरको अगाडी आफैले सफा राख्नुपर्छ भन्ने सन्देश दिनको लागि बजार सरसफाई कार्यक्रमको आयोजना गरीएको लम्कीचुहा उद्योग बाणिज्य संघका पदाधिकारीले बताएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार