फोहोर व्यवस्थापनका लागि ठाकुरबाबामा युवाहरुद्वारा डस्वीन वितरण

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीका युवाहरुले फोहोर व्यवस्थापनका लागि ठाकुरबाबाका युवाहरूले डस्वीन वितरण गरेका छन् ।

युवाहरूले विशेष गरी सार्वजनक स्थल, बिद्यालय, प्रहरी चौकी , बृद्वाश्रममा फोहोर व्यवस्थापनका लागि उक्त डस्विन वितरण गरेका हुन् ।

ठाकुरबाबाका गाउँ देखि बजारमा  उत्पादनहुने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यका साथ असाेज २३ गते शुक्रबार डस्वीन वितरण गरिएको छन् । आगामी दिनमा पनि यस्तै सकारात्मक सामाजिक कार्यहरु गर्दै जाने कुरा उनीहरूले जनाएका छन ।

ती मध्ये एक युवाले हामीसँग कुरा गर्दै “यसपटक हामीले दशैंमा पिङ हाल्ने भनेर सुरुवात गर्यौं । तर हामिसङ्ग बाँस किन्न, सजावट गर्ने सामाग्री किन्ने आदिका लागि आर्थिक सहयोग चाहिएको थियो।

हामीलाई निस्वार्थ रूपमा थप प्रेरणा र साथ दिन सबै गाउँबासी र विदेश बस्ने साथी-भाइहरुले सहयोग गर्नुभयो। त्यसको लागी हामी हृदयदेखि नै एकदम आभारी छौं। हामीले सामान्य आफ्नो परम्परा अनुसार दशैंको अवसरमा पिङ्ग हाल्ने कार्य गर्दै गर्दा केही आर्थीक सहयोग पायौं जस् बाट हामीले केही रकम बचाएर यस ठाकुरबाबा नगरपालीका स्थीत सार्वजनक स्थल, बिद्यालय, प्रहरी चौकी र बृद्वाश्रममा फोहोर व्यवस्थापनका लागि उक्त डस्विन वितरण गरेका हौँ।”

सोही क्रममा उनले भने- यो कार्य गर्न सहयोग गर्ने सम्पूर्णमा धेरै धेरै धन्यवाद छ।

डुम्रेनी-बासी एकजुट छौं भन्ने सन्देश गएको छ। युवाहरू एकजुट छन् भन्ने सन्देश गएको छ।

अब आगामी दिनमा पनि हामी सामाजिक कामका लागि होस या एक सभ्य, समृद्ध र खुशी समाज निमार्ण गर्न सधैं एकजुट हुनेछौं।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार