देशका पहिरोका कारण पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । देशभरका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण हाल देशभरका प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्।

 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका(४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका(३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्।

 

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ पासाङल्हामु राजमार्गस्थित नेपाल(चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित मुग्लिङ(नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका(४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

 

उनका अनुसार नवलपरासी पूर्वस्थित पूव(पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली(मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार