
बौनिया भदौ २ ।
कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष मनाउँदै आएको आकाशे घैटाफोड कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको अभियान स्थानीय कला संस्कृतिको पहिचान भन्ने नारा दिइएको आकाशे घैटाफोडन कोईलिभुरुवा बैदिपुरको समूह सफल भएको छ ।

आकाशे घैटोफोडदै कोईलिभुरुवा बैदिपुरको समूहले नगद ५१ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । यसै गरी भुईँ घैटाफोडन सफल भएका विपिन बमलाई ५ हजार ५ सय ५५ प्राप्त गर्दा , पाइप चढाई चढ्न गजेन्द्र नेपाली सफल भए र उनले नगद ७ हजार ५ सय ५५ हात पारे, यसै गरी मनोरञ्जनका लागि महिलाहरूलाई प्रतिस्पर्धा गराइएको कुर्सी दौडमा गीता रोक्का मगर विजेता बन्न सफल भइन र नगद ३ हजार ५ सय प्राप्त गरिन ।

घैटाफोड तथा सांस्कृतिक कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

सह आयोजक रहेको बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष टेक राज जोशीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार, श्री वसन्त मुरारी नमुना मा वि का प्र अ तारा प्रसाद जोशी, सहारा घरका सञ्चालक बल बहादुर विष्ट, नेपाल खेलकुद महासङ्घ बर्दगोरिया अध्यक्ष तपेन्द्र खडका लगायतकाले यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पालिकाको पहिचान सँगै कला संस्कृतिको जगेर्ना समेत हुने बताए ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लोकु सिंह ठकुरीले गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य , विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो ।
यस्तै उक्त कार्यक्रम १० हजार बढी दर्शकहरूको बाक्लो उपस्थित रहेको थियो ।