बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा विगत डेढ दशक देखि सञ्चालित बर्दगोरिया अस्पताल प्रा.ली ले (MD-Internal Medicine) सहित को थप सेवा सुचारु गरेको छ ।
विगत लामो समय देखि MBBS डा. सहितको सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले मङ्गलवार आज बाट (MD-Internal Medicine) द्वारा सेवा प्रदान गर्न लागेको बर्दगोरिया अस्पतालका सञ्चालक पुष्प खतिवडाले जानकारी दिए ।
उनले भने– विगत करिब डेढ दशक देखि हामीले बर्दगोरिया गाउँपालिका लगायत छिमेकी पालिका जस्तै लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका का बिरामी हरूलाई MBBS डा. द्वारा नियमित रूपमा बिरामी चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आएका थियौँ । त्यसका साथै बिरामीको चाप र उनीहरूको विशेष उपचारका लागि हामीले प्रत्येक महिनाको विभिन्न समयमा फरक–फरक डा. ल्याई बिरामी चेकजाँच, औषधी उपचार का साथै उचित प्रामर्स दिँदै आएका थियौँ । जुन विश्वास ल्याएर बिरामीहरू यस अस्पतालमा आएका हुन्छन् त्यस विश्वासलाई हामीले टिकाई राख्दै उनीहरूलाई उचित प्रामर्स सहितको उपचार सेवा दिँदै आएको मा हाल बर्दगोरिया अस्पतालमा बिरामीको सङ्ख्या दिन प्रति दिन बढ्दै गएको र बिरामीको विश्वासलाई मध्यनजर गर्दै यस अस्पतालमा आएका बिरामीहरू अन्यत्र जानु नपरोस् र उनीहरूको स्वास्थ्यको उचित ख्याल गर्दै हामीले आज बाट (MD-Internal Medicine) डा. सहितको सेवा उपलब्ध गरेका छौँ । विगतका दिनमा MBBS सहितको सेवा प्रदान गर्दै गर्दा यस अस्पतालले अन्यत्र बिरामीलाई रिफर गर्ने गरेको भए पनि आज बाट भने यस अस्पतालले आफै उपचार सेवा प्रदान गर्ने छ ।
अब बाट छाती, मुटु, र पेट रोग विशेषज्ञ (MD-Internal Medicine) डा. मनी श्रेष्ठ द्वारा नियमित रूपमा मुटुको भिडियो एक्स-रे (ECHO), मुटु को ECG, छातीको डिजिटल एक्स-रे, प्रेसर, सुगर, दम रोगको उपचारका साथै ग्यास्ट्रिक, अल्सर, गानो गोला, पेट को भिडियो एक्स-रे, मधुमेह (सुगर) ले गर्दा मिर्गौला, मुटु तथा रक्त नलीमा भएका समस्याहरू, फोक्सोको समस्याले गर्दा दम फुल्ने श्वास फेर्न गाह्रो हुने समस्याहरू, मुटुको रक्तचाप बढ्ने वा घटने (High blood pressure & low blood pressure), हर्नियाँ, हाइड्रोशीलको समस्याको उपचार हुने भएको छ ।
यसका साथै स्त्री तथा प्रसूति रोग विशेषज्ञ MBBS, MD डा. गौरी रिजाल द्वारा पनि नियमित रूपमा बिरामी चेकजाँचका साथै उचित प्रामर्स तथा उपचार सेवा प्रदान भइरहेको छ । डा. रिजाल तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको समस्याहरू, महिनावारी गडबडी, अनियमित महिनावारी, बाझोपन (निःसन्तान) सम्बन्धी समस्याहरू, पाठेघर खसेको ट्युमर (मासु पलाएको अप्रेसन सेवा, गर्भवती महिलाको सम्पूर्ण जाँच र उचित परामर्श सेवाहरू, महिनावारी हुँदा रगत धेरै बग्ने धेरै पेट दुख्ने, विभिन्न अप्रेसन गर्नुका साथै महिला रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँचका साथै उचित प्रामर्स तथा उपचार सेवा प्रदान गरिरहेकी छन ।
यस्का साथै अस्पतालले २४ सैं घण्टा ःद्यद्यक् डाक्टर सेवा, ओ.पी.डी. सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, छाला यौन तथा सौन्दर्य रोग, टाउको, नशा तथा मनोरोग, नाक, कान, तथा घाटी रोग, हार्डजोर्नि तथा नशा रोग तथा प्लास्टर अप्रेसन सेवा, सहित मेडिकल सेवा, २४ सैं घण्टा एम्बुलेन्स सेवा, नर्सिङ सेवा, रेबिज, हेपटाईटिस, टी.टी. भ्याक्सिन खोप सेवा, २४ सैं घण्टा ल्याब (प्याथोलोजि) सेवा, २४ सैं घण्टा डिजिटल एक्सने सेवा, अक्सिजन तथा नेबुला जर सेवा, २४ सैं घण्टा ई.सी.जी. सेवा, २४ सैं घण्टा फार्मेसी (औषधि) सेवा प्रदान गर्दै आएको छ ।

















