काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।
आज पशुपतिनाथको मन्दिर लगाए देशभरका शिवालयहरुमा भक्तजनहरुको बिहानै भक्तजनहरुको घुइचो लागेको छ । यसपटकको साउनमा ४ वटा सोमबार परेका छन । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ ।
ब्रतालुहरुले आफ्नो मनोकांक्षा पुरा होस भन्ने कामनाले भगवान शिवको पुजा आरचना गरेको बताएका छन् ।

















