लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की ।  कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ मा सञ्चालित लम्की बहुमुखी क्याम्पस तालाबन्दी गरिएको छ । शनिवार स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापति तपेन्द्र प्याकुरेलको नेतृत्वमा क्याम्पसमा तालाबन्दी गरिएको हो ।
क्याम्पस स्वबियू समितिले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको जानकारी दिएको छ  ।
स्वबियू सभापति तपेन्द्र प्याकुरेलको हस्ताक्षरित विज्ञप्तिमा यस्तो भनिएको छ “ परीक्षार्थी हरूलाई बस नपठाउने निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको परीक्षा तालिका अनुसार २०८२ साउन ११ र १२ गते देखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा दिने विद्यार्थीहरूका लागी लम्की बहुमुखी क्याम्पस बाट परीक्षा केन्द्रसम्म जान आउन सहज होस भनी स्वबियू ले सम्बन्धित निकायसँग विद्यार्थीहरूलाई निःशुल्क बस सेवा उपलब्ध गनाउन भनी लिखित अनुरोध गरेको थियो ।
तर दुःखद रूपमा सो अनुरोधलाई क्याम्पस प्रशासनले इन्कार गर्दै बस सेवा नपठाउने निर्णय गरिएको जानकारी प्राप्त भएको छ । यो निर्णय प्रति हाम्रो गम्भीर आपत्ति र विरोध रहेको छ । स्वबियूले विद्यार्थीहरूको हितका लागी गरिएको सकारात्मक पहललाई बेवास्ता गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ । स्वबियू विद्यार्थीहरूको अधिकार र सहुलियत सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहने छ ।
परीक्षा दिने तयारी गरेका विद्यार्थीहरूलाई परीक्षा केन्द्र सम्म आवतजावतमा सहज होस भनी हामीले गर्न सक्ने सम्पूर्ण प्रयास गयौँ । तर हाम्रो माग पुरा नभएकोले उक्त माग पुरा गर्न हामीले क्याम्पसमा तालाबन्दी गरेका हौँ । माग पुरा नभएसम्म सम्बन्धित निकायलाई ताना नखोल्ने ब्यहोरा जानकारी गराउँदछौँ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार