यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। शुक्रबार आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार