
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ ।
साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।