
बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ ।

विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो ।
राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन । यस्तै पुजा पुरीले ३.८४ दोस्रो र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले संस्थागत बिधालयले राम्रो नतिजा ल्याएकोमा धन्यवाद व्यक्त गरे । शिक्षाको क्षेत्रमा गाउँपालिकाले क्रमशः सुधार गर्दै शैक्षिक बिकासका लागि सामुदायिक बिधालयमा कक्षा १ देखि १० सम्म नि:शुल्क पढाउदै आएको बताए । उनले हरेक परिवर्तन शिक्षामार्फत मात्र सम्भव रहेको उल्लेख गर्दै गाउँपालिकाले सोही अनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए । शिक्षण क्षेत्रबाट गाउँपालिकालाई विकास निर्माणका कार्य सङ्ग जोड्ने आफ्नो सपना पालिका भित्रका संस्थागत विद्यालयले समेत पूरा गर्न साथ समर्थ गरेको बताए ।
प्रमुख अतिथि कुँवरले एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई शुभकामना दिँदै उज्वल भविष्यको कामना गर्दै पालिकाले पुरस्कृत गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमको संचालन गर्दै बिधालयले एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थी मध्ये ६ जनाले (A±), १८ जनाले (A), १५ जनाले (B±), र २ जनाले (B) ग्रेड ल्याउँदै उत्तीर्ण हुन सफल हुँदा ४ जना भने नन ग्रेड (Non Gread) ल्याएको बताए ।
कार्यक्रमको समापन गर्दै बिधालयका संस्थापक सुरेश खडका विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकाॠ र विद्यार्थीहरुको मेहनत र लगनशीलले मात्र यो उपलब्धि सम्भव भएको बताए ।