
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ ।

आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे ।
निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।