
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को एस. ई.ई. परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ ।
नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो ।
यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको विद्यालयका संस्थापक सुरेश खडकाले बताए ।
यति मात्र उत्कृष्ट नतिजा ल्याउनमा विद्यार्थीहरुको पनि त्यति नै मिहेनत र लगनशीलता रहेको थियो ।
सोही अवसरमा उच्च जिपिए सहित प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने र निरन्तर रुपमा उतिर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई पनि धन्यवाद सहित बधाई ज्ञापन गरेका छन ।
उनले भने शैक्षिक सत्र २०८१ मा कक्षा १० अर्थात् एस.इ.इ. परीक्षामा सहभागी ४४ जना विद्यार्थी मध्ये ६ जना (A±), १८ जना (A), १५ जना (B±), र २ जना (B) ग्रेड ल्याउँदै उत्तीर्ण हुन सफल हुँदा ४ जना भने नन ग्रेड (Non Gread) ल्याएको बताए ।