बर्दगोरिया-६ द्वारा कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साइकल हस्तान्तरण

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा प्रोत्साहन स्वरुप कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।

वडा नम्बर ६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडामा संचालित ४ वटा बिद्यालयका कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत कक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो ।

जस अनुसार वडाको नमुना माध्यमिक विद्यालयमा छनोट पर्न सफल भएको श्री महुन्याल माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ को कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउन सफल रोहित बिक, शैक्षिकसत्र २०८१ को कक्षा ९ मा उत्कृष्ट जिपिए ल्याउन सफल स्मृति चौधरी, यस्तै शैक्षिकसत्र २०८० को कक्षा १० ( एस.इ.इ) मा साधारणधार तर्फ उत्कृष्ट जिपिए ल्याउन सफल सिर्जना कुमारी सुबेदी र प्राविधिक धार तर्फबाट  रोहित चौधरीलाई १/१ थान साइकल हस्तान्तरण गरिएको हो ।

यस्तै लक्ष्मी आधारभूत विद्यालयको शैक्षिकसत्र २०८१ को कक्षा ४ मा उत्कृष्ट जिपिए ल्याउन सफल प्रविन डगौरा र शैक्षिकसत्र २०८१ मै कक्षा ५ मा उत्कृष्ट जिपिए ल्याउन सफल सचिन कठरिया लाई समेत वडा कार्यालयले विद्यालयमै गएर साइकल हस्तान्तरण गरेको हो ।

सोही अनुसार पसर आधारभूत विद्यालय जगतपुरमा शैक्षिकसत्र २०८१ को कक्षा ४ मा उत्कृष्ट जिपिए ल्याउन सफल खुसी डगौरा र शैक्षिकसत्र २०८१ मै कक्षा ५ मा उत्कृष्ट जिपिए ल्याउन सफल निखिता डगौरालाई हस्तान्तरण गरिएको हो ।

यस्तै महुन्याल आधारभूत विद्यालय सुगुरखालमा शैक्षिकसत्र २०८१ को कक्षा ४ मा उत्कृष्ट जिपिए ल्याउन सफल सुस्मा डगौरा र शैक्षिकसत्र २०८१ मै कक्षा ५ मा उत्कृष्ट जिपिए ल्याउन सफल सिया डगौरालाई समेत वडा कार्यालयले विद्यालयमै पुगेर साइकल हस्तान्तरण गरेको हो ।

साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा रामकृष्ण डगौरा थारुले बालबालिका हरुको शैक्षिक गुणस्तरीयता लाई कायम राख्दै उनीहरुको अध्ययन लाई थप प्रभावकारी बनाउन साइकल वितरण गरेको बताए । उनले भने ‘हामीले वडाको तर्फबाट वडा भित्र रहेका सम्पुर्ण बिद्यालयलाई समान रुपमा बिकासका कार्यक्रम बढाउदै विभिन्न समयमा विद्यार्थीहरुको फरक प्रतिभालाई समेट्दै उनीहरुको अध्ययनको मुल्यांकन गर्दै हौसला स्वरुप विभिन्न पुरस्कार बाट सम्मान गर्दै आएका छौ । सोही अनुसार यश आर्थिक वर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी साइकल हस्तान्तरण गरेका हौ । आगामी दिनहरुमा पनि आफ्नो अध्ययनलाई निरन्तरता दिदै थप मिहेनत र लगनशील बनी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप विभिन्न पुरस्कार स्वरुप पुरस्कृत गर्ने छौ ।´

यस्तै बिधालयको तर्फबाट सम्बोधन गर्दै श्री महुन्याल माध्यमिक विद्यालयका विध्यालय व्यवस्थापन समिती अध्यक्ष डवल बिकले वडा कार्यालयले विद्यार्थीहरुलाई उनीहरुले वर्ष भरी गरेको मिहेनत र लगनशीलको उच्च मुल्यांकन गर्दै साइकल वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । सोही क्रममा उनले आगामी दिनहरुमा समेत यसरी नै उनको हौसला लाई थप बलियो बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत अनुरोध गरे।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार