
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य चौकिमा मंगलबार सम्पन्न १ दिने निशुल्क स्वास्थ्य शिविरबाट २१६ जना सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएका छन ।


जिल्ला स्वास्थ्य कार्यालय धनगढीको आर्थिक सहयोग र बर्दगोरिया गाउँपालिका कार्यालय मुडा कैलाली समन्वयमा उक्त १ दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो ।
शिविरबाट १२८ महिला र ८७ पुरुष गरि जम्मा २१६ जना सेवाग्राहीले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख देवकुमार चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार २१६ जनाको रगतको सोलुबिलेटी टेष्ट गर्दा २७ जनामा सिकलसेल ट्रेट पोजेटिभ देखिएको हो । जसबारे थप परिक्षण गर्न प्रदेश स्वास्थ प्रयोगशाला धनगढी धनगढी पठाइएको छ ।
उक्त १ दिने निःशुल्क स्वास्थ्य शिविरमा थारु समुदायका व्यक्तिहरुमा देखिने सिकलसेल जांच नगरेका ५ बर्ष माथि उमेर समुहका व्यक्तिहरु, सिकलसेल प्रभावित व्यक्तिहरुका परिवारका सदस्यहरु, रक्तअल्पता भएका व्यक्तिहरु, कमलपित्त भएका / पेट दुख्ने /हातखुट्टा दुख्ने आदि बिरामीको स्वास्थ्य परिक्षण गरिएको चौधरीले जानकारी दिए ।
शिविरमा जिल्ला स्वास्थ्य कार्यालयबाट बिमला ज्ञ्यावली, बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मीन धामी, दोदोधरा अस्पतालका व्यवस्थापन प्रमुख युजिन कुस्मीको सहभागिता गरेको थियो ।