भोलिदेखि सुन पसल बन्दः नयाँ कर प्रणाली खारेजीको माग

कैलाली । सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी संघलृ जेठ ३१ गते देखि असार ३ गते सम्म पसल बन्द गर्ने भएका छन।

संघले ३१ जेठदेखि ३ असारसम्म पसल बन्द गर्ने, सरोकारवाला विभिन्न निकायसँग छलफल गरि ज्ञापनपत्र बुझाउने र ४ गते ७७ वटै जिल्लाका अध्यक्ष काठमाडौँ जाने बताइएको छ। सरकारसँग नयाँ कर प्रणाली खारेजीको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन्। प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर सुरु भएको आन्दोलन नियमित रूपमा अघि बढ्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आन्दोलनका संयोजक यदु सुनारले सडकमा गरिँदै आएको सडक आन्दोलन भने रोक्ने बताए ।

उनीहरूले आज जिल्ला प्रशासन कार्यालय अगाडी विभिन्न राजनीतिक दलहरूलाई बोलाएर कोणसभाको आयोजना समेत गरेका थिए ।

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको सुनारले बताए। यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा सरकारले पुनर्विचार गर्न माग गरे।

हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे। कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी व्यवसायीहरूको माग छ।

हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने संघले जनाएको छ। भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

व्यवसायीहरूले सरकारलाई अविलम्ब बैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्। उनीहरूले राख्दै आएको मागप्रति उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले एकेबद्धता रहेको बताए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार