बर्दगोरिया-१ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमको उपस्थितिमा शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षणसमेत गरिएको वडा अध्यक्ष गौतमले बताएका छन् ।

कार्यक्रममा “खोप नि:शुल्क पाईन्छ”, “खोप सुरक्षित हुन्छ” र “खोपले जीवन रक्षा गर्छ” जस्ता नारासहित खोपको महत्वबारे जानकारीमूलक सन्देश प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मिथुन गौतमले वडा नम्बर १ ले आफ्ना सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित गरेर एक महत्वपूर्ण पाइला चालेको बताए ।

उनले यो कार्य अन्य वडामा यो भन्दा पहिले नै भइ सकेको हुदा आज वडा नम्बर १ मा पनि कार्यक्रम गर्दै वडालाई पुर्ण खोप सुनिस्चितता घोषणा गरिएको बताए । बालबालिकाको सुरक्षित भविष्यमा लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख मीन धामिले सबै बालबालिकालाई समयमा नै खोप उपलब्ध गराउने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । बालबालिकाको स्वास्थ्य सुरक्षाबिना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले स्पष्ट पारेका छन ।

कार्यक्रममा सहजीकरण गर्दै जन स्वास्थ्य निरीक्षक युजिन कुश्मिले बालबालिकालाई आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानमा महिला स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको बताए ।

गाउँपालिकाका ६ वटा वडा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भईसकेका छन भने अब केही दिनमै पालिकालाई घोषणा गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख मीन धामिले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार