
काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ९ विकेट गुमाएर २३६ रन बनाएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले ३५, भीम सार्कीले ३५, कुशल भुर्तेलले १८, बसिर अहमदले ११ र करण केसीले ११ रन बनाए।